हेटौंडाः मकवानपुरका दुईजना फुटबल खेलाडी ए डिभिजन क्लबमा आवद्ध भएका छन् । डिफेन्डर सुरज बिष्ट (फुच्चु) र स्ट्राईकर बिश्व लामा हिमालयन शेर्पा क्लबमा आवद्ध भएका हुन् ।
हेटौंडामा जारी शहीद स्मृति मकवानपुर गोल्डकपमा सहभागी हुन हेटौंडा आएको एपीएफको टोलीले दुबैजनालाई क्लबमा अनुबन्ध गरेको हो । यस वर्षको ए डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि सुरु हुँदैछ । मकवानपुरका २० भन्दा बढी खेलाडी ए डिभिजन क्लबमा आवद्ध भइसकेका छन् ।
