हेटौंडाः लागुऔषध गाँजासहित एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ का ५५ वर्षीय पर्देसी माझी थारू रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
आइतबार बिहान ११ बजेर ३० मिनेटको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक नवीन विक्रम थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा–१० बसपार्कबाट शंकास्पद रुपले हिँडिरहेको अवस्थामा थारूलाई नियन्त्रणमा लिई सुरक्षाजाँच गर्दा थारुले बोकेको झोलामा लुकाई छिपाई ल्याएको ५ किलो ५ सय ग्राम गाँजा फेला पारी बरामद गरेको जनाएको छ । लागुऔषधसहित थारुलाई निणन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
