Home मुख्य समाचार रोटरीद्वारा विद्यार्थीलाई सेनेटरी प्याड वितरण

रोटरीद्वारा विद्यार्थीलाई सेनेटरी प्याड वितरण

विद्यार्थीलाई सेनेटरी प्याड वितरण गरिँदै ।

हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले सेनेटरी प्याड वितरण गरेको छ । बुधबार मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेस्थित कृष्ण माध्यमिक विद्यालयमा रोटरी क्लब अफ मकवानपुरको आयोजना तथा लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्ड र रोट्र्याक्ट क्लब अफ मकवानपुरको सहकार्यमा सेनेटरी प्याड वितरण गरिएको हो ।

रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमित्रा नेगीको प्रमुख आतिथ्य रहेकोे थियो । त्यसैगरी लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डका अध्यक्ष मल्लिका श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक कृष्ण लाल श्रेष्ठ, रोटरी क्लब अफ मकवानपुरका पूर्वअध्यक्ष विजयलाल श्रेष्ठ, कविन सांगामी, रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीप कुमार राई लगायतको उपस्थिति रहेको थियो ।

८ कक्षादेखि १० कक्षासम्मका ८७ जना छात्राहरूलाई प्याड वितरण गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । हातले बनाएको उक्त प्याडहरु धोएर पुनः प्रयोग गर्न सकिने लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डको अध्यक्ष मल्लिका श्रेष्ठले जानकारी दिइन् ।

Exit mobile version