Home कला वीर शहीदहरु

वीर शहीदहरु

देविना सञ्जेल

शहीदका बलिदानी देशभक्तिको गाथा
मन्त्य गर्न जहानियाको दमनको व्यथा
प्रजातन्त्र स्थापना एक मात्र लक्ष्य
फाँसी पनि सहिदिए हासिल भयो उद्देश्य

शहीद चार अन्त्य भएर देशको मुहार फेर्न
जनआस्था र भरोसालाई जनताबीचमै हेर्न
बिलाई गए वीरहरु हाम्रा शहीद महान
यस्तै विचार देशभक्तिको हामी गर्छौं वयान ।

शहीदलाई सम्झने शहीद सप्ताहमा
तिनकै त्याग र वलिदानले जीवन उत्साहमा
पीडा, दमन, अत्याचारको विरुद्धको आवाज
अन्त्य गर्न राणा शासन एक भयो समाज

शहीदको बाँकी सपना हामीले गरे पूरा
देश र समाज उज्ज्वल हुन्छ भए सबै कुरा
राष्ट्र, जनता, समाज कल्याण नागरिकको हित
वलिदानीको प्रशंसा हुन्छ सबको हुन्छ जित ।

कक्षा–७, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल ।

Exit mobile version