Home मुख्य समाचार भीरबाट लडी माईलाको मृत्यु

भीरबाट लडी माईलाको मृत्यु

गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर २ देउरालीको चनौटे बस्ने माईला थिङको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार बिहेमा गई घर फर्किने क्रममा दिउँसो ४ बजेर ३० मिनेटको समयमा अन्दाजी ५५ वर्षीय माईलाको भीरबाट लडेर मृत्यु भएको हो ।

माईला अन्दाजी १ सय ५० मिटर तल खसेका थिए । भीरबाट लडेर एकजनाको मृत्यु भएको खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षक सिताराम सुबेदीको कमाण्डमा प्रहरी टोली घटना स्थल पुगेको थियो । घटना सम्बन्धी अनुसन्धान र मुचुल्काको लागि आज आइतबार ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी खटिएको जनाएको छ ।

Exit mobile version