Home मुख्य समाचार सम्पादक श्रेष्ठलाई सम्मान

सम्पादक श्रेष्ठलाई सम्मान

सम्पादक श्रेष्ठलाई सम्मान गरिँदै ।

चितवनः समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई सम्मान गरिएको छ। टेलिभिजन कार्यक्रम स्वास्थ्य दर्पणको सातौं वार्षिकोत्सवको अवसरमा शनिबार चितवन जिल्लाको भरतपुरमा भएको कार्यक्रममा सम्पादक श्रेष्ठलाई सम्मान गरिएको हो।

स्वास्थ्य सेवाको क्षेत्रमा पत्रकारितामार्फत उल्लेखनीय योगदान गरेबापत सम्पादक श्रेष्ठलाई सम्मान गरिएको हो। स्वास्थ्य दर्पण कार्यक्रम सन्चालक सन्दीप श्रेष्ठको सभाध्यक्षता तथा नेपाली कांग्रेसका नेता शशांक कोइरालाको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम भएको हो। सम्पादक श्रेष्ठसँगै चिकित्सक, स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको पनि आतिथ्य रहेको थियो।

Exit mobile version