Home मुख्य समाचार प्रहरी नायव उपरीक्षक खत्री प्रदेशकै उत्कृष्ट प्रहरी

प्रहरी नायव उपरीक्षक खत्री प्रदेशकै उत्कृष्ट प्रहरी

हेटौंडाः जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्री बागमती प्रदेशको पुस महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । खत्रीको कार्यमूल्याङ्कनको आधारमा बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

खत्रीले आफुलाई दिइएको जिम्मेवारी कर्तव्यनिष्ठ ढङ्गबाट सम्पादन गर्दै गत मंसिर २६ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ७४ वर्षीय विष्णु बहादुर मगर र उनको श्रीमती ६७ वर्षीय निरमाया आले मगरको हत्या भएको घटनामा प्रभावकारी ढंगबाट अनुसन्धान गरी घटनामा संलग्न सोही ठाउँका १५ वर्षीय आशिष कोईराला र १३ वर्षीय रविन परियारलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको थियो । यस्तै विभिन्न अपराध नियन्त्रणमा खत्रीले उल्लेखनीय भूमिका खेलेको जनाएको छ ।

Exit mobile version