बागमती प्रदेशको सभामुखमा निर्वाचित राप्रपाका भुवन पाठक ।

हेटौंडाः बागमती प्रदेशमा सभामुख निर्वाचनको मतदान सकिएको छ । सभामुखको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित हुनु भएको छ । उहाँले सभामुख पदको लागि ६२ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभामा उपस्थित प्रदेश सदस्यहरुको बहुमतको आधारमा राप्रपाका भुवन पाठन सभामुखमा निर्वाचित हुनु भएको हो । राप्रपाका भुवन पाठकको विपक्षमा ३९ मत र तटस्थमा ७ मत प्राप्त भएको थियो । प्रदेशको सभामुख निर्वाचनमा १ सय ९ जना प्रदेश सभा सदस्यहरुको उपस्थित रहेको थियो ।

मत विभाजनमा नेपाली कांग्रेसका शिवराज अधिकारीलाई सभामुखमा ३६ मत प्राप्त भएको छ । यस्तै, प्रस्तावको विपक्षमा ६५ मत र ७ मत तटस्थ रहेको छ । नेपाल मजदुर किसान पार्टीबाट सभामुखमा उम्मेदवार दिनुभएको सिर्जना सायजुलाई ३ मत प्राप्त भएको छ । यस्तै, प्रस्तावको विपक्षमा ९८ मत र ७ मत तटस्थ रहेको छ ।