Home अर्थ/व्यापार हेटौंडेली बचतमा राकेश श्रेष्ठ

हेटौंडेली बचतमा राकेश श्रेष्ठ

सञ्चालक समिति सर्वसम्मत चयनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–४, स्कूलरोडस्थित हेटौंडेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राकेश श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार हेटौंडामा भएको १४ औं साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन भएको हो ।

सहकारीको उपाध्यक्षमा शरद कुमार रिजाल, सचिवमा गौतम केसी र कोषाध्यक्षमा दिपेन्द्र राज नेपाल चयन हुनुभएको छ । यस्तै सहकारीको सञ्चालक समिति सदस्यमा अनिता देवी मानन्धर, राजेश्वर श्रेष्ठ, सृष्टि कुमारी गोर्खाली, प्रताप सिंह क्षेत्री र अनिता गौतम निर्वाचित हुनुभएको छ । सहकारीको लेखा समिति संयोजकमा रवि नेपाल, सदस्यमा चन्द्रशेखर अधिकारी र पवित्रा लामिछाने चयन हुनुभएको छ ।

सहकारीका अध्यक्ष सरोज थापाको सभाध्यक्षता तथा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । ६ सय ३४ सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ६० लाख रुपैयाँ छ । यस्तै बचत संकलन २ करोड ५० लाख रुपैयाँ गरेको सहकारीले ऋण लगानी ३ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Exit mobile version