गुगल तस्विर ।

हेटौंडाः राष्ट्रिय अनुसन्धानमा सूचकको दरबन्दीमा कार्यररत विवेक साउदको तालिमको क्रममा मृत्यु भएको छ । राष्ट्रिय अनुसन्धानको हेटौंडास्थित ईन्टलिजेन्ट शिक्षालयमा पुस ३ गतेदेखि तालिममा सहभागी भएका साउद राष्ट्रिय अनुसन्धान कार्यालय सिंहदरबारमा दरबन्दी थियो ।

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–२ घर भएका ३८ वर्षीय साउद सोमबार बिहान ७ बजेको समयमा शारीरिक व्यायामको समयमा एक्कासी लडी बेहोस भएका थिए । उपचारका लागि मकवानपुर सहकारी अस्पतालमा पुर्याइएको र उपचारको क्रममा सोमबार बिहान ८ बजे चिकित्सकले साउदलाई मृत घोषित गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

साउदको हृदयघात भई मृत्यु भएको हुन सक्ने अनुमान गरिएको र पोष्टमार्टम गरी अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभएको छ । साउदको शव परिवारले बुझेर लगिसकेको छ ।