न्यानो लुगा लगाएर सामुहिक तस्विर खिचाउँदै बालबालिकाहरु ।

हेटौंडाः सिविन नेपालले मकवानपुर जिल्लामा रहेका २ सय ४० जना बालबालिकालाई सहयोग गरेको छ । जोखिम परिस्थितिका बालबालिकाहरु जस्तैः बालश्रम, बालविवाह तथा आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ बालबालिकालाई सहयोग गरिएको हो ।

सिविनले मनहरी गाउँपालिकाको १६ वटा विद्यालयका २ सय ६ जना, कृष्ण मावि भैंसेमा अध्ययनरत ५ जना, कालिका मावि कैलाश, नामटारका ७ जना, हेटौंडा–६, चौघडाको बंशगोपाल माविका ६ जना, हेटौंडा–७, नागस्वतीको नवज्योति माविका ५ जना, प्रभात मावि बकैया–४, श्रीपुरका ५ जना र बकैया–५ को कर्मप्राप्ती माविका ६ जनालाई सहयोग गरेको छ ।

विद्यार्थीहरुलाई सिविन–नेपालद्वारा सञ्चालित बाल हेल्पलाइनले शैक्षिक सहयोग एवम् न्यानो कपडा वितरण गरेको छ । शैक्षिक सामग्रीहरु विद्यालय पोशाक, स्वीटर, मोजा, झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको बाल हेल्पलाइनका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकसमेतको उपस्थिति रहेको थियो । बाल हेल्पलाइन १०९८ मा बालबालिकाका लागि शैक्षिक सहयोगको माग भएबमोजिम स्थानीय तह तथा विद्यालयको सिफारिसका आधारमा सहयोगका लागि छनौट गरिएको बताइएको छ ।