हेटौंडाः नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा विष्णु दाहाल चयन हुनुभएको छ । शनिबार भएको पार्टी जिल्लाको विस्तारित बैठकले वर्तमान सचिव दाहाललाई अध्यक्षमा चयन गरेको हो ।
पार्टीका अध्यक्ष सुर्यचन्द्र न्यौपान अस्वस्थ भएपछि वर्तमान सचिव दाहाललाई अध्यक्षको जिम्मेवारी दिइएको पार्टीका उप–सचिव वेगम बरालले जानकारी दिनुभयो । पार्टीको विस्तारित बैठकले उपाध्यक्षमा कृष्ण राई र भूमिनन्द अर्याल, सचिवमा ध्रुव भुजेल, उपसचिवमा किशोर टण्डन, किरण बल, कविन पन्त र वेगम बराललाई चयन गरेको छ ।
सदस्यहरु भने यसअघिकै यथावत छ । बैठकले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ संयोजकमा नारायण तिमल्सिना र निर्वाचन क्षेत्र नम्बर २ संयोजकमा रामकुमार एलनलाई जिम्मेवारी तोकेको छ ।