Home मुख्य समाचार प्रहरी निरीक्षक घिमिरे जिल्लाकै उत्कृष्ट प्रहरी

प्रहरी निरीक्षक घिमिरे जिल्लाकै उत्कृष्ट प्रहरी

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुर मानवश्रोत व्यवस्थापन शाखा कार्यरत प्रहरी निरीक्षक रामचन्द्र घिमिरे जिल्लाकै उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । घिमिरेको कार्य मुल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले घिमिरेलाई कार्तिक महिनाको जिल्लाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

प्रहरी निरीक्षक घिमिरेले आफुलाई सुम्पिएको जिम्मेवारी कुलशलतापूर्वक सम्पादन गरेको विवरणमा उल्लेख छ । असोज ७ गते दिउँसोको समयमा हेटौंडा –११ थानाभर्याङस्थित सडकखण्डमा चेकिङ्ग डिउटीमा खटिएको प्रहरी टोलीले बसामाडीबाट हेटौंडा आउँदै गरेको ना २ ह २३६३ नम्बरको अटोलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा उक्त अटोमा सवार हेटौंडा–१९ का ६० वर्षीय प्रेम बहादुर थिङ, उक्त अटोको पछाडी सिटमा सवार महिला हेटौंडा–३ बसामाडीकी ४० वर्षीय कविता थिङ र सोही ठाउँकी ३६ वर्षीय सिरसानी मोक्तानले ल्याएको लागूऔषध गाँजा ११ किलो २ सय ग्राम बरामद गरी उनीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन अहम भुमिका निर्वाह गर्नुभएको थियो ।

यस्तै, असोज २३ गते राति १० बजेको समयमा हेटौंडा–११ थानाभञ्ज्याङस्थित अनुपा बिकको कोठामा हेटौंडा–६ का २० वर्षीय सुशान्त बिकले १४ वर्षीय नाम परिवर्तित ३१ (०७१/०८०–३८) लाई फकाई विवाह गर्छु भनी प्रलोभनमा पारी पीडितको इच्छा विपरीत जबरजस्ती करणी गरी फरार रहेकोमा सुशान्त बिकलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएकोे थियो । असोज २५ गते राति ११ बजेर २५ मिनेटको समयमा हेटौंडा–१ जरुवाटोलस्थित भित्री सडकखण्डमा प्रहरी टोलीले बा १८ च ६६०६ नम्बरको स्कारपियो गाडीमा लुकाईछिपाई गरी ल्याएको अवस्थामा लागुऔषध ओनरेक्स १ सय ५८ बोतल फेला पारी र संलग्नलाई पक्राउ गर्न सफल भएको विवरणमा उल्लेख छ ।

Exit mobile version