Home मुख्य समाचार लाश खाल्डोमा गाडेको आरोपमा बालक पक्राउ

लाश खाल्डोमा गाडेको आरोपमा बालक पक्राउ

सांकेतिक तस्विर ।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले कर्तव्य गरी मारी लाशलाई खाल्टो खनी गाडेको आरोपमा एक बालकलाई पक्राउ गरेको छ । बुधबार बिहान करिब ९ बजेको समयमा बाराको कोल्हवी नगरपालिका–११ स्थित रामपूर्वा टोल बस्ने परीक्षण चौधरीलाई कर्तव्य गरी मारी लासलाई खाल्डोमा गाडेको आरोपमा बालकलाई पक्राउ गरिएको हो ।

सोही स्थानका सीयाराम चौधरीको गोठघर पछाडि आन्दाजी ४३ वर्षीय चौधरीलाई कर्तव्य गरी मारी मृतकलाई खल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनास्थलमा फेला परेको चप्पलको आधारमा कानुनको विवादमा परेका बालक जिल्ला—३३ कोल्हवी ९८(०७९÷०८०) लाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । मृतक चौधरी र कानुनको बिवादमा परेका बालकबीच मंगलबार राति गाउँकै रामपुकार चौधरीको खाजा, नास्ता पसलमा रक्सी सेवन गरेको र घरजाने क्रममा मृतकले कानुनको विवादमा बालकलाई पारिएको अनुसन्धानबाट खुलेको जनाएको छ ।

यस्तै, पक्राउ परेका बालकसँग अप्राकृतिक मैथुन गर्न खोज्दा सिसौको दाउराले प्रहार गरी चौधरीलाई कर्तव्य गरी मारी घटनास्थल नजिकै खाल्टो खनी लाशलाई गाडेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । कानुनको विवादमा परेका बालकलाई लिई न्यायिक प्रहरी नियन्त्रण कक्षमा राख्नको लागि सम्मानित बारा जिल्ला अदालतबाट म्याद अनुमति लिएको जनाएको छ ।

Exit mobile version