ईन्द्रबहादुर बानियाँ

हेटौंडाः मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट नेपाली काँग्रेसका उम्मेदवार ईन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ । बानियाँ दोस्रो कार्यकालका लागि १८ हजार ७ सय १७ मतसहित विजयी हुनुभएको हो । नेपाली काँग्रेस बागमती प्रदेश सभापति बानियाँ गठबन्धनबाट उम्मेदवार बन्नु भएको हो ।

नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई १ हजार ७ सय ८२ मतले पराजित गर्नुहुँदै बानियाँ प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । एमालेका थापाले १६ हजार ९ सय ३५ मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र (राप्रपा) का बद्री बहादुर खड्काले २ हजार १ सय १९ मत प्राप्त गर्नुभयो । बानियाँलाई बागमती प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा पनि प्रचार गरिएको छ ।

२०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा बानियाँ यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यस क्षेत्रमा ४० हजार ५ सय ९९ मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयले औपाचारिक रुपमा विजयी घोषणा गर्न भने बाँकी छ ।