हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र पर्सा जिल्लाको बीरगन्ज महानगरपालिकास्थित नेशनल इन्फोटेक कलेजबीच भएको मैत्रीपूर्ण टी–२० क्रिकेट खेलमा म्यानेजमेन्ट विजयी भएको छ । शुक्रबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएको मैत्रीपूर्ण खेलमा म्यानेजमेन्टले इन्फोटेकलाई ९ विकेटले हराएको मकवानपुर क्रिकेट संघका कार्यबाहक सचिव विनोद कुमार बानियाँले जानकारी दिनुभयो ।
टस जितेर पहिलो ब्याटिङ गरेको इन्फोटेकले १९ ओभर ५ बलमा अलआउट हुँदै जम्मा ९६ रन बनाउन सक्यो । ९७ रनको लक्ष्य पछ्याएको म्यानेजमेन्टले १६ ओभर २ बलमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । जसका लागि ब्याट्सम्यान विशेष विक्रम थापाले अजिवित ५० रन र विशाल फुयाँलले अजिवित २५ रन बनाए । खेलको म्यान अफ द म्याच थापा घोषित भए । इन्फोमेन्टका लागि अबुबुकार अन्सारीले २१ रन र सोनु कुशवाहले १८ रन बनाए ।
मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको अध्यक्षता तथा नेशनल इन्फोटेक कलेजका प्रिन्सीपल मनिष सिंह र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको उपस्थितिमा उद्घाटन कार्यक्रम भएको थियो ।