Home मुख्य समाचार साढे १६ लाख बराबरको चाँदीका गरगहनासहित एकजना पक्राउ

साढे १६ लाख बराबरको चाँदीका गरगहनासहित एकजना पक्राउ

चाँदीको गरगहनासहित पक्राउ परेका लाल बाबु साह ।

हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडाबाट १६ लाख ४० हजार रुपैयाँ बराबरको चाँदीका गरगहना र भाडासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ४४ वर्षीय लाल बाबु साह रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताउनुभयो ।

साह डाईभर डाँडाबाट प्रदेश २–०३–०१८ प ८२४८ को मोटरसाइकलमा हेटौंडा बजारतर्फ आउँदै गरेको अवस्थामा सुरक्षाजाँच गर्दा १९ किलो ८४५ ग्राम चाँदीबाट बनेको अवैध गरगहनाहरु बरामद भएको कार्कीले बताउनुभयो । चाँदीका गरगहना, मोटरसाइकल र साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version