हेटौंडाः भिमफेदीकोे धार्केखोलामा एक पुरुषको शव फेला परेको छ । सोमबार नाम बतन नखुलेको अन्दाजी ३२ वर्षको पुरुषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर र ललितपुरको सिमाना दोभान स्थित बागमती खोलाको किनारमा शव नाङ्गो सडीगलि किरा परेको अवस्थामा फेला परेको हो । प्रहरीले मुचुल्लाका तयार पारि शव पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको जनाएको छ ।
