Home मुख्य समाचार नेकपा एमालेबाट कमल थापाको उम्मेदवारी दर्ता

नेकपा एमालेबाट कमल थापाको उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ता गराउँदै राप्रपा नेपालका अध्यक्ष कमल थापा ।

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले आज आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले चुनावमा आफ्नो जीत सुनिश्चित गर्न नेकपा एमालेको सूर्य चिन्हबाट प्रतिष्पर्धा गर्न लागेको जानकारी दिनुभयो । नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा भएको भन्दै उहाँले नेकपा एमालेको जिम्मेवार कार्यकर्ताहरुको साथ पाउने अपेक्षा समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेकपा एमाले ठूलो पार्टी हो । निर्वाचनमा धेरै आकांक्षीहरु रहेका थिए । मैले नेकपा एमालेको सहयोगमा चुनाव लड्दा केही साथीहरु असन्तुष्टि हुनु स्वभाविक हो । तर, नेकपा एमालेको पूर्ण साथ र सहयोग पाउनेमा विश्वस्त छु ।”

वर्तमान समयमा देशमा देखिएको संकट समाधान र राष्ट्रिय हितको निमित्त आफ्नो उम्मेदवारी आवश्यक रहेको उहाँको धारणा छ । नेकपा एमालेसँगको सहकार्य निरन्तर रहने भन्दै उहाँले एमालेका साथीहरुलाई चित्त बुझाउन सक्ने दाबी गर्नुभयो । थापालाई नेकपा एमालेको केन्द्रिय निर्णय अनुसार नै मकवानपुर क्षेत्र नम्बर १ को टिकट दिईएको थियो ।

Exit mobile version