Home मुख्य समाचार एमाले पार्टी कार्यालयमा तालाबन्दी

एमाले पार्टी कार्यालयमा तालाबन्दी

कार्यकर्ताहरुले पार्टी कार्यालय तालाबन्दी गर्दै ।

हेटौंडाः नेकपा एमालेले मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि मकवानपुरको पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केन्द्रले गरेको निर्णयको अस्वीकार गर्दै नेकपा एमालेका कार्यकर्ताहरुले नै पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

निर्वाचनमा नेकपा एमाले मकवानपुरको तर्फबाट रामेश्वर राना र महेश बर्तौलालाई टिकट दिने निर्णय भएको थियो । तर, केन्द्रले मकवानपुर क्षेत्र नम्बर १ को टिकट राप्रपा नेपालका अध्यक्ष थापालाई दिने निर्णय गरेपछि राना समर्थक कार्यकर्ताहरुले विरोध जनाउँदै पार्टी कार्यालयमा तालाबान्दी गरेका हुन् ।

Exit mobile version