Home मुख्य समाचार हेटौंडामा संविधान जलाउन खोज्ने ५ जना पक्राउ

हेटौंडामा संविधान जलाउन खोज्ने ५ जना पक्राउ

हेटौंडाः मकवानपुर प्रहरीले संविधान जलाउन खोज्ने ५ जनालाई हेटौंडामा पक्राउ गरेको छ । सोमबार साँझ ७ बजेको समयमा हेटौडा–४ हुप्रचौरबाट बिर गोर्खाली समूह मकवानपुरको जिल्ला अध्यक्ष बिरेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको ५ जनाको समुहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलिले नेपालको संविधानको बिरोधमा संविधान जलाउन खोजेकोले जलाउन प्रयोगमा हुने सामग्री, नेतृत्व कर्तासहित पाँचै जनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको जानकारी दिएको छ ।

Exit mobile version