हेटौंडाः मकवानपुरका लायन्स क्लबहरुको अग्रसरतामा पैदलयात्रुका लागि खाजा खुवाउने अभियानमा जेसीआई हेटौंडाले सहयोग गरेको छ । जेसीआई हेटौंडाले डाबर नेपाल लिमिटेडसँग सहयोग माग गरेर लायन्स क्लबलाई २ सय मिलिलिटरको रियल जुस तीन हजार सात सय ५० पिस सहयोग गरेको छ । लायन्स क्लब ईन्टरनेसनल ३२५ बी २ का फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मीलाई जेसीआई हेटौंडाका अध्यक्ष राजदेव बनियाँ र डाबर लिमिटेडका उत्पादनको बजार प्रवद्र्धन शाखाका मकवानपुर जिल्ला प्रतिनिधि निरिप बरालले जुस हस्तान्तरण गर्नुभएको थियो । सहयोग स्वरुप प्राप्त जुस पैदल यात्रुलाई खाजासँगै वितरण गर्न सुरु गरिएको छ । लायन्सले दैनिक एक सयभन्दा बढीलाई खाजा खुवाइरहेको छ । विभिन्न संघ, संस्था, व्यक्तिको सहयोगमा खाजा खुवाउने कार्य गरिरहेको छ ।