हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री एवम् एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले विगतका दिनमा राजतन्त्रलाई पराजित गर्दै गरिब जनताबाट अर्काे सर्वाहाराको प्रतीनिधिको रुपमा केपी आली नामको राजतन्त्र जन्मेको दावी गर्नुभएको छ । केपी ओलीतन्त्रलाई परास्त गर्दै नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निर्माण गरेको उहाँले बताउनुभयो ।

मंगलबार ‘राष्ट्र निर्माणमा युवाजनशक्ति परिचालन गरौं भ्रष्ट्राचारको जरै उखेलौं जनाताको सेवा गरौं’ भन्ने नाराका साथ मेचीबाट महाकालीसम्म युवा जागरण अभियान सञ्चालन गर्दै आएका युवालाई हेटौंडामा स्वागत गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । एकीकृत समाजवादीलाई नेपाली जनतामा कलम चिन्हलाई चिनाउने र एमालेसँग विद्रोह गरेर आएको कारण जनतालाई बुझाउने अभियान सफल पार्न उहाँले युवा संगठनलाई सुझाव दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडिबाट नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको महाकाली–मेची युवा जागरण अभियान अन्तर्गत र्याली कार्यक्रम आयोजना भएको थियो । उक्त र्याली युवा संघ नेपाल मकवानपुर जिल्ला अध्यक्ष किरणमान बल, युवा संघ नेपाल केन्द्रिय अध्यक्ष नरेश शाही, युवा संघ नेपाल केन्द्रिय इन्चार्ज दिलु पन्त, पार्टी पोलिटब्युरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज ललित बस्नेत, मकवानपुर जिल्ला उपाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, मकवानपुर जिल्ला अध्यक्ष सूर्यचन्द्र न्यौपाने लगायतकोे उपस्थितिमा कार्यक्रम भएको हो ।