Home मुख्य समाचार भूटनदेवी माविले वितरण गर्यो छात्रवृत्ति

भूटनदेवी माविले वितरण गर्यो छात्रवृत्ति

विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे लामा ।

हेटौंडाः हेटौंडा–४ स्थित भूटनदेवी माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सोमबार २ सय ३९ जना छात्रा र १८ दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका लेखापाल बालकृष्ण दाहालले जानकारी दिनुभयो ।

बालविकासदेखि कक्षा ८ सम्मका छात्रा र दलित विद्यार्थीलाई प्रतिविद्यार्थी चार सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको लेखापाल दाहालले बताउनुभयो । १ लाख २ हजार ८ सय रुपैयाँ विद्यार्थीलाई वितरण गरिएको हो । बालविकासदेखि कक्षा १२ सम्ममा पठनपाठन हुने विद्यालयमा करिब एक हजार ६ सय जना विद्यार्थी अध्ययनरत रहेको दाहालले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे लामाको अध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधव दाहाल, शिक्षक अभिभावक संघका अध्यक्ष नारायणप्रसाद तिमल्सिना, सदस्य अर्जुन राई, विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद कँडेललगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version