हेटौंडाः श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले हेटौंडा–१० स्थित संस्कृत वेद विद्यालयका विद्यार्थीलाई खाद्यान्न र स्टेशनरी सामग्री सहयोग गरेको छ । श्रीकृष्ण जन्माष्ठमीको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन श्रीकृष्ण प्रणामी युवा परिषद् हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा प्रारम्भिक समितिले बिहीबार २० हजार रुपैयाँको खाद्यान्न र स्टेशनरी सामग्री वितरण गरिएको हो ।
ग्यास, चामल, दाल, मसला, नुन, विस्कुट, चिउरा, दालमोट, कापी, कलम लगायत वितरण गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका अध्यक्ष आरके चौैलागाईले जानकारी दिनुभयो । परिषद्का अध्यक्ष चौलागाईको सभाध्यक्ष तथा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य बद्रीप्रसाद चौलागाईकोे प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । संस्कृृत वेद विद्यालयमा ६० जना विद्यार्थी आश्रित छन् ।
साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन दुर्व्यसन विरुद्ध सचेतना, दोस्रो दिन वक्तृत्वकला प्रतियोगिता, तेस्रो दिन खुल्ला धार्मिक हाजिरी जवाफ प्रतियोगिता, चौथो दिन खाद्यान्न तथा स्टेशनरी वितरण र समापनको दिन मट्का फुटाउने कार्यक्रम आयोजना गरिएको छ । साताव्यापी कार्यक्रम सागर उप्रेतीको संयोेजकत्वमा भइरहेको छ । यस्तै राज रेग्मीको संयोजकत्वमा खाद्यान्न तथा स्टेशनरी वितरण कार्यक्रम भएको हो ।