हेटौंडाः बागमती प्रदेशसभाले समिक्षात्यामक पुस्तक प्रकाशन गर्ने भएको छ । मंगलबार प्रदेशसभाका सभामुख सानु कुमार श्रेष्ठको अध्यक्षता र समितिका सभापतिहरु बिच भएको अन्तरक्रिया र छलफलले पुस्तक प्रकाशन गर्ने निर्णय गरेको हो ।
प्रदेशसभामा हालसम्म भएको कामको बारेमा समिक्षात्यामक पुस्ता प्रकाशन गर्ने भएको प्रदेश सभाका प्र्रशासन अधिकृत सुन्दर पन्तले जानकारी दिनुभएको छ । यस्तै, छलफलबाट कार्यालयमा भएको समितिको निर्णय कार्यान्वयन भए नभएको विषयमा समितिगत तवरबाट छुट्टा छुट्टै पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ । समिक्षात्यामक पुस्तक यहि भदौ अन्तिमसम्म प्रकाशन गरिने सुन्दर पन्तले जानकारी दिनुभयो ।