हेटौंडाः मकवानपुर जिल्ला रेफ्रि संघको अध्यक्षमा अकिललाल श्रेष्ठ चयन हुनुभएको छ । शुक्रबार मकवानपुर जिल्ला फुटबल संघको कार्यालयमा आयोजित एक कार्यक्रमबाट श्रेष्ठलाई संघको अध्यक्षको जिम्मेवारी दिइएको हो । श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय जिल्ला रेफ्री संघ गठन भएको छ ।
समितिको उपाध्यक्षमा सरस्वति लो, सचिवमा सन्तोष राई, कोषाध्यक्षमा दलमान तामाङ चयन हुनुभएको छ । यस्तै सदस्यमा देव बहादुर कार्की, विशाल घलान र विक्रम राई चयन हुनुभएको छ । समितिका सबै पदाधिकारीहरुरको शुक्रबार नै पद भार ग्रहण गरेका छन् । जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले नयाँ समितिलाई पदभार ग्रहण गराउनुुभयो ।
जिल्ला फुटबल संघ अन्तर्गत रहने रेफ्रीहरुको हकहितका निम्ति जिल्ला रेफ्रि संघको गठन गरिएको जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिनुभयो । उहाँले फुटबल संघले रेफ्री संघलाई आवश्यक सहयोग सधै गर्ने जानकारी दिनुभयो । रेफ्री संघको समितिको कार्यकाल ४ वर्षको रहनेछ ।











