Home मुख्य समाचार आश्रमका ७ जनाको आँखामा मोतिविन्दु

आश्रमका ७ जनाको आँखामा मोतिविन्दु

आँखा परिक्षण गर्दै । फाइल तस्विर ।

हेटौंडाः हेटौंडा–९ स्थित मानवसेवा आश्रममा आश्रित ७ जनाको आँखामा मोतिविन्दु भएको पाइएको छ । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा भएको आँखा शिविरमा आश्रममा आश्रीतहरुको आँखा परिक्षण गर्दा ७ जनामा मोतिविन्दु भएको पाइएको हो ।

आँखामा मोतिविन्दु भएका २ जनाको बुधबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको छ । अन्य बाँकी ५ जनाको केही दिनमा शल्यक्रिया हुने बताएको छ । यस्तै शिविरमा ५० जनाले आँखा परिक्षण गराएको मानवसेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो । परिक्षण गराएका मध्य करिब १५ जनाको आँखामा सामान्य समस्या देखिएको छ । आँखामा समस्या देखिएकाहरुलाई औषधी दिईएको छ ।

Exit mobile version