हेटौंडाः मकवानपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको आठौं स्थापना दिवसको अवसरमा आइतबार हेटौंडा–२ स्थित ओम वृद्वाश्रमलाई सहयोग गरिएकोे छ । आश्रमका लागि आवश्यक खाद्यान्न सामग्री खरिद गर्न १० हजार एक सय २० रुपैयाँ सहयोग गरिएको फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनुभयो ।
संघका अध्यक्ष कृष्ण अर्यालले वृद्वाश्रमका अध्यक्ष सिद्विलाल श्रेष्ठलाई व्यवसायीलाई पनि सामाजिक क्षेत्रमा जोड्नुपर्छ भन्ने उद्देश्यले सहयोग गर्नुभएको जानकारी दिनुभयो । व्यवसायीले सामाजिक दायित्व पनि बहन गर्नुपर्ने केन्द्रीय उपाध्यक्ष गोकुलले बताउनुभयो । ओम वद्धाश्रममा ४५ जना आश्रित छन् ।











