Home खेलकुद टियु फरेष्ट्री गोल्डकप सम्पन्न

टियु फरेष्ट्री गोल्डकप सम्पन्न

खेलाडीहरु ।

हेटौंडाः हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानमा सञ्चालन भएको टियु फरेष्ट्री गोल्डकप प्रतियोगिता आइतबार सम्पन्न भएको छ । टियुअन्तर्गत् २०७६—८० व्याचको आयोजनामा भएको प्रतियोगितामा छात्रतर्फ टियुअन्तर्गत् २०७४—७८ र छात्रातर्फ एफओएफस अन्तर्गतको २०७५–७९ व्याचले उपाधि जितेको छ ।

छात्रतर्फको फाइनल खेलमा टियुअन्तर्गत् २०७६—८० व्याचले एमएससी भेट्रान्सलाई ५—० फराकिलो गोलअन्तरले हराउँदै उपाधि जितेको हो । उपाधि जित्न सफल टियुअन्तर्गत् २०७६—८० व्याचले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने द्वितीय एमएससी भेट्रान्सले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ । लिग चरणमा भएको प्रतियोगितामा छात्रतर्फ १३ टिमको सहभागिता रहेको थियो ।

यस्तै, छात्रातर्फको फाइनलमा एफओएफस २०७५–७९ व्याचले टियु २०७७–८१ व्याचलाई १—० गोलले हराउँदै उपाधि जितेको छ । उपाधि जित्न सफल एफओएफस २०७५–७९ व्याचले नगद १५ हजार रुपैयाँ र द्वितीय टियु २०७७–८१ व्याचले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो ।

Exit mobile version