हेटौंडाः १२औँ संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सोमबारबाट सम्पन्न भएको छ । काठमाडौंको दशरथ रंगशालामा सञ्चालन भएको प्रतियोगितामा प्रदेशस्तरीय खेल्ने खेलाडी टुङ्गो लागेको छ ।
प्रदेशस्तरीय प्रतियोगितामा मकवानपुरका तीन जना खेलाडीहरु प्रदेशमा छनोट भएको एथलेटिक्स प्रशिक्षक राजाराम पोखरेलले जानकारी दिनुभयो । दुई जना दौडमा र एक जना ज्याबलिङ थ्रोमा छनोट भएको हो । प्रतियोगितामा मकवानपुरले एक स्वर्ण प्राप्त गरेको छ । एथलेटिक्स अन्र्तगत छात्रातर्फ ८ सय मिटर दौडमा मकवानपुरकी सुजना बिश्वकर्मा प्रथम भइन् । प्रथम भएकी सुजना बागमती प्रदेशका लागि छनोट भइन् । यस्तै, ४ सय मिटर दौडमा द्वितीय भएका आयुन नेगी र ज्याबलिङ थ्रोमा द्वितीय सुमन योञ्जन पनि प्रदेशमा छनोट भएका छन् । तीनै जना खेलाडीले भोली मंगलबारबाट प्रदेश–प्रदेश बीच हुने प्रतियोेगितामा सहभागी हुनेछन् ।
सोमबार भएको ४ सय मिटर रिले दौडमा छात्रातर्फ मकवानपुर द्वितीय र छात्रतर्फ तृतीय भएको छ । यस्तै, छात्रतर्फको भलिबलमा मकवानपुरको भलिबल टिम तृतीय भएको छ । सोमबार भएको खेलमा सिन्धुपाल्चोकलाई हराएर मकवानपुर तृतीय भएको हो ।











