हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय भलिबल संघ गठन गरिएको छ । मकवानपुर जिल्ला भलिबल संघको अग्रसरतामा पालिकास्तरीय पहिलो संघ गठन गरिएको हो ।
जिल्ला भलिबल संघ मकवानपुरको आयोजनामा शनिबार एक भेलाको राजेश अधिकारीको अध्यक्षतामा मकवानपुरगढी गाउँपालिका भलिबल संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा राजन चौलागाई, सचिवमा सिंह बहादुर योञ्जन, कोषाध्यक्षमा अजय योञ्जन सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै सदस्यमा बालकृष्ण घिमिरे, जीवन बिष्ट, सन्देश तुम्सिङ मगर, बिष्मता पुडासैनी, राम छत्कुलि, विष्णु सिलवाल र भीम बहादुर थापा चयन हुनुभएको छ । मकवानपुरगढी गाउँपालिकामा भलिबल खेल लोकप्रिय खेल हो । पालिकास्तरीय भलिबल संघ गठनका लागि मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त कुमार सिटौलासहित पदाधिकारी तथा सदस्यको पनि उपस्थिति रहेको थियो ।











