Home समाचार लायन्स क्लबमा रानाभाट

लायन्स क्लबमा रानाभाट

अध्यक्षको माला लगाइदिएर पद हस्तान्तरण गरिँदै ।

हेटौंडाः अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था लायन्स इन्टरनेशनलको सदस्य संस्था लायन्स क्लब अफ हेटौंडा भुटनदेवी सेन्टेरियलको अध्यक्षमा प्रमोद सिंह रानाभाटलाई पद हस्तान्तरण गरिएको छ । शुक्रबार एक समारोहका बीच रानाभाटलाई पद हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर देवकी नन्दन अग्रवालको प्रमुख आतिथ्यमा पद हस्तान्तरण कार्यक्रम भएको हो । वर्ष २०२१/२२ की अध्यक्ष मिनु अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का निवर्तमान डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मी, ३२५ एसकी भाइस डिष्ट्रिक्ट गभर्नर टासी डोल्मा तुम्बाहाङ्फेको पनि आतिथ्य रहेको थियो । वर्ष २०२२/२३ का लागि क्लबको प्रथम उपाध्यक्षमा नारायणलाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा ध्रुव पाण्डे, सचिवमा पवित्रा दाहाल र कोषाध्यक्षमा राजाराम कार्की चयन हुनुभएको छ ।

Exit mobile version