हेटौंडाः साहित्यकार श्रवण मुकारुङ हेटौंडामा सम्मानित हुनुभएको छ । महालक्ष्मी विकास बैंकसँगको सहकार्यमा मातृभूमि साहित्य समाजले ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७८’ बाट मुकारुङलाई सम्मान गरेको हो । १९ औं महालक्ष्मी पुरस्कारबाट नगद ५१ हजारसहित मुकारुङ सम्मानित हुनुभएको हो ।
यस्तै केशवलाल स्मृति पत्रकारिता पुरस्कार राममणि दाहाललाई प्रदान गरिएको छ । दाहाललाई नगद ७ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको हो । चितवनका महाकाव्यकार केशव राज विनोदीको प्रमुख आतिथ्य तथा मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाका प्रवन्धक शम्भु पराजुली, विभिन्न साहित्यिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । साहित्यकारले साहित्य रचना वाचन समेत गरेका थिए ।











