हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले बेरोजगार, महङ्गी, भ्रष्टाचारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
राप्रपाको केन्द्रीय कार्यक्रमअनुसार राप्रपा मकवानपुरले शुक्रबार स्थानीय प्रशासनमा धर्ना दिएको राप्रपा मकवानपुरका कार्यवाहक अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । थापाको नेतृत्वमा धर्नामा बसेकाहरुले बेरोजगार, महङ्गी, भष्टाचार एवम् मूल्यवृद्धि नियन्त्रणको माग गर्दै व्यानर, प्लेट कार्ड प्रदर्शन गरेका थिए ।
