Home मुख्य समाचार खेतमा पानी लगाउन लाग्दा करेन्ट लागेर बुद्धिलालको मृत्यु

खेतमा पानी लगाउन लाग्दा करेन्ट लागेर बुद्धिलालको मृत्यु

गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–६, गोबरनाथमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मध्य असारमा धान रोपाइँ गर्न खेतमा पानी लगाउन पानी तान्ने मोटर जोड्न खोज्दा करेन्ट लागेर बकैया गाउँपालिका–६, गोबरथानमा एकजनाको मृत्यु भएको हो ।

बुधबार बिहान साढे १० बजेको समयमा ३४ वर्षीय बुद्धिलाल बलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Exit mobile version