Home मुख्य समाचार १९ जनाद्वारा रक्तदान

१९ जनाद्वारा रक्तदान

रक्तदान गर्दै ।

हेटौंडाः लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ परिवारको आयोजनामा भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । १७ जना पुरुष र २ जना महिलाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो ।

लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ परिवारका अध्यक्ष कुमार पोखरेलको सभाध्यक्षता तथा डिष्ट्रिक चिफ प्रल्हाद मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । यसैगरी सोही अवसरमा लियो क्लब अफ हेटौंडा मुक्तिनाथमा विवेक फुँयाल, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजनमा अशोक कुमार सिंह, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ प्यारेडाईजमा शिशिर रोकाया, लियो क्लबब अफ हेटौंडा मुक्तिनाथ वरियरमा महेश खनाल २०२२/२०२३ का लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।

Exit mobile version