हेटौंडाः आज बुधबार बिहान ११ बजे बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रदेश सभामा पेश भएको वर्ष २०७९/८० को विनियोजन विधेयक माथि मन्त्रालयहरुको बजेटमा बाँकी छलफल हुँदैछ ।
प्रदेश सभामा सोमबार ९ वटा मन्त्रालयहरुको बजेटमाथि छलफल भएको थियो । यस्तै, मंगलबार ८ वटा मन्त्रालयहरुको बजेट माथि छलफल भएको थियो । बैठकमा प्रदेश सरकारले ल्याएको बजेट माथि प्रदेश सभा सदस्यहरुले आफ्नो धारणा राख्नेछन् ।
