हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा बुधबार खोला बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने कैलाश–७ का सुन बहादुर प्रजा रहेको बताईएको छ ।
कैलाशको गोराङ्दी दोभारबाट खोलाले बगाएका प्रजा राक्सिराङ गाउँपालिका वडा नम्बर ५ र ३ नम्बरको दोभानको कोलङ्दीमा मृत अवस्थामा फेला परेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । स्थानीयका अनुसार प्रजासँग अर्का पुरुष पनि खोलाले बगाएको बुझिएको र उसको खोजी कार्य भइरहेको अध्यक्ष मल्लले बताउनुभयो । पुरुषको खोजी कार्य गर्न राक्सिराङको प्रहरी चौकी चैनपुरबाट प्रहरी र स्थानीयलाई खटाइएको अध्यक्ष मल्लले बताउनुभयो ।
