हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा–१० ले आफ्नो वडामा भएका पूर्ण अपाङ्ग, दलित महिला, विपन्न र जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रम आयोजना गरेर सम्मान गरिएको वडा अध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिनुभयो ।
लामाका अनुसार वडामा भएका पूर्ण अपाङ्ग भएका १३ जना, ७५ वर्षदेखि ८९ वर्षसम्मका जेष्ठ नागरिकहरु ५८ जना, दलित महिला ६५ देखि ७० वर्षसम्मका ४ जना, जेष्ठ नागरिक एकल महिला ४२ जना र विपन्न वर्गका ८ जनालाई सम्मान गरिएको हो । प्रत्येक व्यक्तिलाई नगद ३ हजार रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान गरिएको अध्यक्ष लामाले बताउनुभयो ।
