Home मुख्य समाचार हेटौंडामा १५ हजार बालबालिकाले लगाए कोभिड खोप

हेटौंडामा १५ हजार बालबालिकाले लगाए कोभिड खोप

हेटौंडा ९ स्थित प्रगति माविका बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाउँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा अहिले ५ वर्षदेखि ११ वर्षका बालबालिकालाई कोभिड–१९ बिरुद्धको खोप लगाउने कार्य भईरहेको छ । बिहीबारदेखि सुरु भएको खोप कार्यक्रममा सोमबारसम्म हेटौंडा उपमहानगरपालिकाका १५ हजार २ सय ३६ जना बालबालिकाहरुले खोप लगाएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।

सोमबार उपमहानगरपालिकामा ४५ सय बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिले हेटौंडाका १ सय २३ भन्दा बढी विद्यालयबाट खोप कार्यक्रम संचालन भईरहेको छ । हेटौंडामा २५ हजार ७ सय २८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको चौलागाईले बताउनुभयो ।
जिल्लाका १० वटै स्थानीय तहहरुमा पनि अहिले पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाहरुको लागि खोप कार्यक्रम संचालन भईरहेको छ ।

जिल्लामा ६१ हजारभन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । खोप कार्यक्रम बुधबार सकिने घिमिरे बताउनुभयो । उहाँले नजिकैको विद्यालयमा गएर आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गर्नुभयो ।

Exit mobile version