हेटौंडाः उच्च अदालत पाटन, हेटौंडा इजालासले विद्यार्थी माझ अदालत विषयमा विद्यार्थीसँग एकदिने अन्तर सम्वाद कार्यक्रम गरेको छ । सोमबार मकवानपुर बहुमुखी क्याम्पसमा मुख्य न्यायधिस र न्यायधिसहरुको उपस्थितिमा अन्तर संवाद कार्यक्रम भएको हो ।
उच्च अदालत पाटन, हेटौंडा इजालासको आयोजनामा भएको कार्यक्रममा अदालतप्रति आम जनताको धारणा कस्तो छ ? र जनताको अदालतप्रति कस्तो आस्था छ ? भनि विद्यार्थीका माझ अन्तर सम्वाद भएका थियो । अन्तर सम्वाद कार्यक्रममा उच्च अदालत पाटन, हेटौंडा इजालासका मुख्य न्यायधिस मोहमद साविर हुसेन, न्यायधिसहरु अब्दुल अजिज मुसल्मान, राजेश्वर तिवारी र मेरिना श्रेठको उपस्थिति रहेको थियो ।
