हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–७ स्थित भीमफेदी बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । सहयोगीदाताहरुले प्रदान गरेको शैक्षिक सामाग्री बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले वितरण गर्नुभयो ।
बालगृहमा आश्रित २७ जना विद्यार्थीलाई पठनपाठनमा समस्या नहोस् भन्दै स्टेशनरी सामान र ब्याग प्रदान गरिएको बाल संगठन मकवानपुरका सभापति अशोक सारु मगरले जानकारी दिनुभयो । मन्त्री मोक्तानले आइतबार बालगृहको निरीक्षण र अनुगमन गर्नुभएको हो । बालगृहको अनुगमन गर्नुहुँदै मन्त्री मोक्तानले बालगृहको छात्राबासका लागि सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने आश्वासन दिनुभयो । बाल संगठन मकवानपुरका सभापति मगरले बागमती प्रदेश सरकारले ३ सयदेखि ५ सयसम्म अट्ने बालगृह बनाउन सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई आग्रह गर्नुभयो ।
