Home मुख्य समाचार उपमहानगरपालिकाको नगर सभा बस्यो, २ अर्ब ७१ करोडको बजेट सार्वजनिक

उपमहानगरपालिकाको नगर सभा बस्यो, २ अर्ब ७१ करोडको बजेट सार्वजनिक

हेटौडाः हेटौडा उपमहानगरपालिकाको नगर सभा बैठक आज आईतबार बसेको छ । नगर कार्यपालिकाको एघारौं अधिवेशनले २०७९/८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगर सभाका सदस्यको एक समूहले बजेट निर्माणको प्रक्रिया नै विधिसम्मत नभएको भन्दै शुक्रबारका लागि तय गरिएको नगर सभामा उपस्थिति जनाउन नमानेपछि नगर सभा प्रभावित भएको थियो । नगर सभा बैठकमा नीति, कार्यक्रम र बजेट प्रस्तुतीपछि आवश्यक संशोधन गरी पारित गर्ने सहमतिपछि बोलाइएको नगर सभामा असन्तुष्ट समूह सहभागी भएको छ । हेटौंडा उपमहानगरपालिकाले बजेटमा सबैभन्दा धेरै पूर्वाधार विकासमा बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास तर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

यस्तै, कार्यलय सञ्चालन तथा प्रशासनिक खर्च तफए ३३ करोड ५७ लाख ८९ हजार रुपैयाँ, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ हजार रुपैयाँ, सामाजिक विकास तर्फ ८३ करोड ६७ लाख १७ हजार रुपैयाँ, वन, वातावरण तथा विपद व्यवस्थापनमा समिति तर्फ १२ करोड ६ लाख ८० हजार रुपैयाँ, सुशासन तथा संस्थागत विकास तर्फ ७ करोड ३३ लाख ५० हजार रुपैयाँ, अन्य विविध कोषहरूमा ९९ लाख रुपैयाँ र बागमती प्रदेश सरकारबाट हस्तान्तरित आयोजनाहरुमा ६ करोड ३ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ । नगर सभामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।

Exit mobile version