हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब १० करोड ८७ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार नगर उपप्रमुख भरत गोपालीले प्रस्तुत गर्नुभएको बजेटमा आन्तरिक आय १९ करोड ७९ लाख रुपैयाँ, संघीय सरकारबाट १७ करोड १६ लाख रुपैयाँ, प्रदेश सरकारबाट ५ करोड ५ लाख रुपैयाँ, सशर्त अनुदान ३२ करोड १४ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट १९ करोड ६८ लाख रुपैयाँ र सामाजिक सुरक्षा शीर्षकमा १५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । थाहा नगरको आगामी आर्थिक वर्षको चालु खर्च ९ करोड ९७ लाख रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ५१ करोड ७२ लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।
थाहा नगरले आगामी आर्थिक वर्ष २०७९/८० मा कर्मचारी र जनप्रतिनिधिको क्षमता अभिवृद्धिका लागि तालिम, अध्ययन, अवलोकन भ्रमणको व्यवस्था गर्ने, अनलाइनमार्फत राजश्व भुक्तानीको व्यवस्था मिलाउने, त्रैमासिक खर्च र प्रगति विवरण सार्वजमिन गर्ने, जनगुनासो सुन्न कलसेन्टर सञ्चालन गर्ने, वडा कार्यालयलाई सुविधासम्पन्न बनाइने, उत्कृष्ट वडालाई १५ लाख रुपैयाँसम्मको एउटा योजना उपहारस्वरुप दिने, वडामा प्राविधिक कर्मचारीको व्यवस्था गर्ने नीति लिएको छ ।
शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासलाई शिक्षाको गुणस्तर अभिवृद्धिको मुख्य कार्यक्रमको रुपमा लागु गर्ने, मदन भण्डारी प्राविधिक विश्वविद्यालयसँगको समन्वयमा नगरमै उच्च प्राविधिक शिक्षाको प्रबन्ध गर्ने, कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत कृषि अनुसन्धान केन्द्रसँगको समन्वयमा उच्च तहको कृषि प्रविधि अपनाउने र कृषि क्षेत्रको उच्च शिक्षाको प्रवन्ध गरिने, कक्षा १ देखि अंग्रेजी माध्यममा पढाउने विद्यालयलाई प्रोत्साहनस्वरुप अनुदान दिने, इसीइडी सहजकर्ता र कर्मचारीको पारिश्रमिक समयानुकुल बनाइने, आवासीय विद्यालयको रुपमा सञ्चालन गर्न आवश्यक अध्ययन गरिने, नगरका सबै वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने, सहरी स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसुती सेवा प्रदान गर्ने, थाहा नगरमा घरमै सुत्केरी हुने अवस्थालाई शून्यमा पु¥याउने नीति पनि थाहा नगरको छ ।
थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम र बजेटको पूर्णविवरण ।
Final-FY-079-80-Yojana-Programme001