Home समाचार लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसमा विविध कार्यक्रम

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसमा विविध कार्यक्रम

अन्तरक्रियामा सहभागी सरोकारवालाहरु ।

हेटौंडाः लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विविध कार्यक्रमको आयोजना हुने भएको छ । असार १२ गते (मार्च २६) लागुऔषध दुव्र्यसन नियन्त्रणको क्षेत्रमा क्रियाशील विभिन्न गैरसरकारी संघ, संस्थाको अग्रसरतामा एकदिवसीय कार्यक्रम हुन लागेको हो ।

असार १२ गते बिहान प्रभातफेरीको आयोजना गर्ने, बिहानै लागुऔषध दूव्र्यसनहरुको पुनस्र्थापना केन्द्रको अवलोकन गर्ने, दिउँसो विद्यालयहरुमा विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गरी कार्यक्रम समापन गर्ने योजना बनाइएको रिकभरिङ समूह नेपालका सन्दीप शाक्यले जानकारी दिनुभयो । एकदिवसीय कार्यक्रम आयोजनाका लागि बुधबार हेटौंडामा सरोकारवाला निकायको सहभागितामा छलफल समेत भएको थियो । छलफलमा प्रहरीको पनि सहभागिता रहेको थियो ।

लागुऔषध दुव्र्यसन गम्भीर समस्याको रुपमा देखा परेका बेला सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा छलफलमा सहभागीले जोड दिएका थिए । दिवसको मनाउने विषयमा छलफलको संयोजन रिकभरिङ नेपालका उपाध्यक्ष निर्मल विडारीले गर्नुभएको थियो भने सहजीकरण रिकभरिङ नेपालका अध्यक्ष सन्दीप शाक्यले गर्नुभएको थियो । हेटौंडा उपमहानगर क्षेत्रमा मात्रै ६ वटा पुनस्र्थापना केन्द्र रहेको जानकारी दिनुहुँदै रिकरिङ नेपालका अध्यक्ष सन्दीप शाक्यले भन्नुभयो, ‘पुनस्र्थापना केन्द्रमा मात्रै ८ सय भन्दा बढी दुव्र्यसनहरु उपचाररत छन् । कतिपय दुव्र्यसनहरु समुदायमा खुल्नै सक्दैनन् । लागुऔषधको दुव्र्यसन जटिल समस्या बन्दै गएको छ ।’

Exit mobile version