Home शिक्षा बालज्योतिमा स्वास्थ्य शिविर

बालज्योतिमा स्वास्थ्य शिविर

हेटौंडाः हेटौंडा–५ स्थित बालज्योति माध्यामिक विद्यालयमा दुई दिवसिय स्वास्थ्य शिविर भएको छ । गत शुक्रबार नाक, कान, र घाँटी रोग विशेषज्ञ डाक्टर अनुप संजेलले १ हजार १ सय विद्यार्थीको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

यसैगरी दाँत रोग विशेषज्ञ डाक्टर प्रलिसा श्रेष्ठले बालबालिकाको दाँत परिक्षण गर्नुभएको थियो । बालज्योति मावि र शहरी स्वास्थ्य केन्द्र पिप्ले–५ को सहकार्यमा विद्यार्थीको स्वास्थ्यलाई निरोगी राख्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बालज्योति माविका प्रधानाध्यापक भरत अर्यालले जानकारी दिनुभयो । यस्तै केही दिनमा विद्यालयले आँखा शिविर पनि सञ्चालन गरिने बताएको छ । एक विद्यालय एक नर्स अभियानसँगै नर्स प्रतिमा श्रेष्ठले पनि शिविरमा सहयोग गर्नुभएको थियो ।

Exit mobile version