हेटौंडाः सोमबार राती १०.४५ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा ६५ बोतल लागुऔषध उइनसिरेक्स र मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
हेटौंडा १५ चुरियामाई स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा पथलैयाबाट हेटौंडा तर्फ आउँदै गरेको बा. २५ प १२४ नम्बरको मोटरसाइकललाई चेकजाँज गर्ने हेटौंडा ४ बस्ने २७ वर्षीय सुनिल देउलालाई प्रहरीले पक्राउ गरेको हो । देउलाको साथबाट प्रहरीले ६५ बोतल लागूऔषध उइनसिरेक्स फेला पारेको थियो । देउलालाई उक्त लागूऔषध, मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
