पंकज विक्रम नेम्बाङ

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्बाङ निर्वाचित हुनुभएको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै ४ वर्षे कार्यकालका लागि नेम्बाङ विजयी हुनुभएको हो ।

काठमाडौंमा भएको अधिवेशनअन्तर्गत सोमबार साँझ सम्पन्न मतगणनाअनुसार नेम्बाङले ४५ मत पाउँदा कर्माले ३९ मत पाएका छन् । निर्वाचनमा ८४ मत खसेको थियो । अध्यक्षको नतीजापछि अन्य पदाधिकारीको मतगणना जारी छ ।