मतदान गर्ने समयमा बालेन्द्र साह । फाइल तस्वीर ।

हेटौंडाः काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर मेयर निर्वाचित बालेन्द्र साह (बालेन) को निर्वाचन खर्च ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ भएको विवरण सार्वजनिक भएको छ । बालेनले सामाजिक सञ्जालमार्फत सोमबार साँझ निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

बालेनले सार्वजनिक गरेको खर्चको विवरण ।

खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने उल्लेख गर्दै बालेनले विभिन्न कारणले खर्च विवरण सार्वजनिक गर्न ढिलो भएकोमा माफी मागेका छन् । मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको बालेनले उल्लेख गरेका छन् । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै नभई उम्मेदवारका लागि महंगो पनि बनाइएको बालेनले उल्लेख गरेका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नैपर्ने कुरा छ, एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबैभन्दा शक्तिशाली कम्प्युटरले जस्तोसुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउन हामी हरसमय खटिरहनेछौँ ।’